सरकार र लघुवित्त पीडितका प्रतिनिधिबीच दोस्रो चरणको वार्ता जारी | ईमाउण्टेन समाचार

Our Network

असोज १ २०८३, शुक्रबार

सरकार र लघुवित्त पीडितका प्रतिनिधिबीच दोस्रो चरणको वार्ता जारी

काठमाडौँ । 

सरकार र लघुवित्त वित्तीय संस्था पीडित सङ्घर्ष समितिबीच आज दोस्रो चरणको वार्ता शुरु भएको छ । अर्थ मन्त्रालयमा भइरहेको यस वार्तामा सरकारी वार्ता टोली र आन्दोलनरत पक्षका प्रतिनिधिहरूबीच समस्या समाधानका विषयमा विस्तृत छलफल भइरहेको हो । लघुवित्तको ऋण मिनाहा हुनुपर्ने लगायतका विभिन्न माग राखी विगत केही दिनदेखि राजधानीको माईतीघर मण्डलामा पीडितहरू आमरण अनसनमा बसिरहेका छन् । अनसनरत पक्षका मागलाई सम्बोधन गरी आन्दोलनको अन्त्य गर्न सरकारले बिहीवारदेखि औपचारिक संवाद शुरु गरेको हो । आजको बैठकमा सङ्घर्ष समितिले राखेका मागहरूका विषयमा केन्द्रित रहेर सहमतिको खाका तयार पार्ने लक्ष्य राखिएको छ । पहिलो चरणको वार्तामा दुवै पक्षले आ–आफ्नो धारणा स्पष्ट पारेका थिए भने आजको वार्ताले ठोस निष्कर्ष निकाल्ने अपेक्षा गरिएको छ । माईतीघर मण्डलामा जारी धर्ना र अनसनका कारण सिर्जित परिस्थितिलाई दृष्टिगत गर्दै सरकारले वार्ताको माध्यमबाट निकास खोज्न सक्रियता देखाएको हो ।

Leave a Reply

ताजा समाचार