इरानमाथि अमेरिकी सेनाको नयाँ हवाई आक्रमण, सैन्य अखडाहरूमा व्यापक क्षति | ईमाउण्टेन समाचार

Our Network

भदौ ३१ २०८३, बिहीबार

इरानमाथि अमेरिकी सेनाको नयाँ हवाई आक्रमण, सैन्य अखडाहरूमा व्यापक क्षति

मध्यपूर्वमा क्षेत्रीय तनाव बढ्दै जाँदा अमेरिकी सेनाले बुधवार राति इरानमाथि नयाँ हवाई आक्रमण गरेको छ । तेहरानले अघिल्लो दिन गरेको मिसाइल आक्रमणको जवाफमा अमेरिकाले यो सैन्य कारबाही गरेको हो । अमेरिकी सेन्ट्रल कमान्डकाअनुसार बुधवार राति पूर्वी समय १० बजे (जीएमटी बिहीवार ०२०० बजे) इरानका विभिन्न सैन्य लक्ष्यहरूमाथि ‘ठूलो स्तरको आक्रमण’ गरिएको थियो । यो कारबाही इरानले गरेको मिसाइल प्रहारको प्रयासको प्रतिक्रियास्वरुप गरिएको सेन्ट्रल कमान्डले सामाजिक सञ्जालमार्फत स्पष्ट पारेको छ । यस कारबाहीका क्रममा अमेरिकी सेनाले इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्ससँग सम्बन्धित दर्जनौँ स्थानहरूलाई निशाना बनाएको छ । आक्रमणमा मुख्यतया सैन्य कमान्ड सेन्टर, मिसाइल तथा ड्रोन भण्डारण केन्द्र, तटीय निगरानी तथा रक्षा साइटहरू र सामुद्रिक सैन्य क्षमता भएका क्षेत्रहरूलाई लक्षित गरिएको सेन्ट्रल कमान्डले जनाएको छ ।
हाल मध्यपूर्वको क्षेत्रमा ५० हजारभन्दा बढी अमेरिकी सैनिकहरू परिचालन गरिएका छन् । अमेरिकी सेना अत्यन्त सतर्क र केन्द्रित रहनुका साथै कुनैपनि चुनौतीको सामना गर्न पूर्ण तयारी अवस्थामा रहेको दाबी सेन्ट्रल कमान्डले गरेको छ ।

Leave a Reply

ताजा समाचार