काठमाडौं । साउन महिनाको दोस्रो सोमवार आज काठमाडौंको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयहरूमा भक्तजनको उल्लेख्य उपस्थिति रहेको छ । भगवान शिवको पूजा–आराधनाका लागि विशेष मानिने साउनको सोमवार पशुपतिनाथमा बिहानैदेखि श्रद्धालुहरूको बाक्लो घुइँचो लागेको हो । पशुपतिनाथ मन्दिरका चारै ढोका भक्तजनका लागि बिहानैदेखि खुला गरिएको छ । दर्शनार्थीहरू हातमा जल, बेलपत्र, फूल र अक्षता लिएर दर्शनका लागि लामवद्ध भएका छन् । पशुपति क्षेत्रमा सुरक्षा व्यवस्था तथा भक्तजनको सहजताका लागि स्वयंसेवकहरू परिचालन गरिएको छ । पशुपतिनाथका अतिरिक्त राजधानीका गोकर्णेश्वर, नागेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ भनेर चिनिने माखन महादेव मन्दिरलगायतका शिवालयहरूमा पनि भक्तजनको भीड लागेको छ । उपत्यकाबाहिरका प्रसिद्ध धार्मिक स्थलहरू जस्तै चितवनको देवघाटधाम, धरानको पिण्डेश्वर, म्याग्दीको गलेश्वर, र भक्तपुरको डोलेश्वर महादेव मन्दिरमा पनि बिहानैदेखि श्रद्धालुहरूको ठूलो सङ्ख्या उपस्थित रहेको छ । धार्मिक विश्वासअनुसार साउन महिना शिवको अति प्रिय महिना हो भने सोमवार उहाँको विशेष दिन हो । यस दिन श्रद्धापूर्वक शिवको उपासना गर्दा पारिवारिक सुख, शान्ति र मनोकामना पूरा हुने जनविश्वास रहेको छ । विशेषगरी महिलाहरूले यस महिनामा हरियो वस्त्र र मेहेन्दी लगाएर व्रत बस्ने तथा शिवको पूजा गर्ने परम्परा रहिआएको छ । साउनको सोमवार पारेर बोलबम तीर्थालुहरूले विभिन्न नदी तथा कुण्डबाट शुद्ध जल ल्याई शिवालयहरूमा अर्पण गर्ने कार्य पनि उत्साहका साथ चलिरहेको छ ।
साउनको दोस्रो सोमवारः पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो
ताजा समाचार
‘नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग’को उद्घाटन
५८ मिनेट अघि
नागढुङ्गा सुरुङमार्ग प्रभावित स्थानीयद्वारा धर्ना
५९ मिनेट अघि




