काठमाडौं, ११ फागुन । एसियाली विकास बैंक (एडीबी)ले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहितको टोलीलाई ‘बेस्ट प्रोजेक्ट टिम अवार्ड’ प्रदान गरेको छ ।
शुक्रबार काठमाडौँमा विशेष कार्यक्रमको आयोजना गरी एडीबीले कुलमानसहित प्राधिकरणको टोलीलाई आयोजना व्यवस्थापन विधामा अवार्ड प्रदान गरेको हो । यस्तै पुननिर्माण प्राधिकरणको टोलीलाई पनि एडीबीले वेष्ट प्रोजेक्ट टिम अवार्ड प्रदान गर्यो । सामुदायिक सिंचाई परियोजना, दक्षिण एसियाली उपक्षेत्रीय आर्थिक सहायता कार्यक्रम अन्र्तगत सडक सञ्जाल परियोजना र बाग्मती सुधार आयोजनाले उत्कृष्ट परियोजना व्यवस्थापन अवार्ड पाएका छन् ।
एडीबीले प्राकृतिक प्रकोप व्यवस्थापन, आयोजना व्यवस्थापन तथा वातावरण र सामाजिक सुरक्षा अनुगमनलगायत विभिन्न विधामा उत्कृष्ट संस्थालाई अवार्ड प्रदान गरेको हो ।