काठमाडौं, ११ फागुन । सिरियामा जारी संघर्ष रोक्ने उद्देश्यले बसेको संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बैठक निष्कर्षविहीन भएको छ । बैठकमा सिरियामा जारी संघर्ष रोक्न ३० दिनका लागि युद्धविराम गर्न गरिएको प्रस्तावमा छलफल भए पनि रुसको अडानका कारण पारित प्रस्ताव पारित हुन सकेन । रुसले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद् सिरियामा मानवतावादी युद्धविरामका लागि तयार नभएको बताएको छ ।
युद्धविराम सम्बन्धमा स्वीडेन र कुबेतले अलग्गै प्रस्ताव पेश गरेकामा रुसले उक्त प्रस्ताव संशोधन गर्नुपर्ने बताएको छ । संयुक्त राष्ट्रसंघका लागि रुसी प्रतिनिधि वेस्ली नेबेनज्याले संघर्ष रोक्ने वास्तविक उद्देश्यले प्रस्ताव नआएको बताए । उनले युद्धविरामका लागि निकै चुनौती रहेको भन्दै निर्णयका लागि निर्णय गर्न रुस तयार नरहेको बताए ।
पश्चिमा देशका प्रतिनिधिहरुले भने रुसी रवैयाको विरोध गरेका छन् । उनीहरुले सिरियाली सरकारको समर्थनमा बोल्दा युद्धविराममा ढिलाइ हुने बताए । सिरियाली सरकारले विद्रोही नियन्त्रित गुटा क्षेत्रमा पछिल्लो पाँच दिनदेखि लगातार बमबारी जारी राखेको छ । बमबारीमा परेर अहिलेसम्म ४ सयभन्दा बढीको मृत्यु भइसकेको छ ।