चीन र बार्बाडोसबीचको शैक्षिक तथा प्राविधिक सहकार्य थप सुदृढ | ईमाउण्टेन समाचार

Our Network

साउन ३ २०८३, सोमबार

चीन र बार्बाडोसबीचको शैक्षिक तथा प्राविधिक सहकार्य थप सुदृढ

बार्बाडोसकी प्रशिक्षण तथा उच्च शिक्षा मन्त्री सान्ड्रा हजबन्ड्सले चीन र बार्बाडोसबीचको शैक्षिक सहकार्य विस्तार र सुदृढ हुँदै गएको बताउनुभएको छ । दुई देशबीचको साझेदारी हाल अझ वृहत, फराकिलो र गहिरो बनेको भन्दै उहाँले चीनको सहयोगको प्रशंसा गर्नुभएको हो । मन्त्री हजबन्ड्सकाअनुसार चिनियाँ सरकारको सहयोगमा बार्बाडोसमा ‘होप एग्रिकल्चरल ट्रेनिङ इन्स्टिच्युट’ को निर्माण सम्पन्न भएको छ । चिनियाँ जनताका तर्फबाट बार्बाडोसका नागरिकलाई उपहारस्वरूप प्राप्त सो संस्थानले कृषि क्षेत्रको आधुनिकीकरणमा महत्वपूर्ण योगदान पु¥याएको छ । यस संस्थानमार्फत पशुपालन, हरितगृह (ग्रीन हाउस) प्रविधि, भर्टिकल फार्मिङ, एक्युपोनिक्स, मौरीपालन र स्थल खेती जस्ता क्षेत्रमा प्राविधिक तालिमहरू उपलब्ध गराइएको छ । मन्त्री हजबन्ड्सले चीनसँगको शैक्षिक सहकार्यले शिक्षाको क्षेत्रमा नवीनतम प्रविधिको प्रयोग सुनिश्चित गरेको र दक्ष जनशक्तिमार्फत ज्ञान हस्तान्तरणमा टेवा पुगेको उल्लेख गर्नुभयो । बार्बाडोसका नागरिकहरूले आधुनिक प्रविधिको प्रयोग र कार्यशैलीलाई प्रत्यक्ष अवलोकन गर्ने अवसर पाउँदा उनीहरूमा थप हौसला मिल्ने र यसले देशको विकासको लक्ष्य प्राप्त गर्न मद्दत पुग्ने विश्वास समेत उहाँले व्यक्त गर्नुभएको छ ।

Leave a Reply

ताजा समाचार