साउन १ गतेदेखि नै विकास आयोजनाको टेण्डर आह्वान गर्न सांसद गजुरेलको माग | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८३, बिहीबार

साउन १ गतेदेखि नै विकास आयोजनाको टेण्डर आह्वान गर्न सांसद गजुरेलको माग

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद आशिष गजुरेलले आगामी नयाँ आर्थिक वर्षको पहिलो दिनदेखि नै बजेट तथा कार्यक्रम कार्यान्वयनमा तदारुकता देखाउन सरकारसँग माग गर्नुभएको छ  ।
प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै सांसद गजुरेलले बजेट र कार्यक्रम सदनबाट पारित भइसकेको सन्दर्भमा अब सरकारको पूर्ण ध्यान प्रभावकारी कार्यान्वयनमा केन्द्रित हुनुपर्ने बताउनु भयो । आगामी साउन १ गतेदेखि नयाँ आर्थिक वर्ष शुरु हुन लागेको उल्लेख गर्दै उहाँले सोही दिनदेखि नै विकास आयोजनाका बोलपत्र (टेण्डर) आह्वान हुनुपर्नेमा जोड दिनुभयो । उहाँले सरकारलाई स्पष्ट कार्ययोजनाका साथ अघि बढ्न सुझाव दिँदै पुँजीगत खर्चको कमजोर अवस्थाप्रति चिन्ता व्यक्त गर्नुभयो। स्पष्ट योजनाविना काम गर्दा आर्थिक वर्षको अन्त्यमा न्यून पुँजीगत खर्च हुने र त्यसले जनतामा नकारात्मक सन्देश जाने उहाँको तर्क छ ।

सांसद गजुरेलले बजेट कार्यान्वयनको प्रक्रियालाई सुरुवाती दिनदेखि नै व्यवस्थित बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

Leave a Reply

ताजा समाचार