जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल | ईमाउण्टेन समाचार

Our Network

असार ४ २०८३, शुक्रबार

जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल

काठमाडौं ।

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले जग्गामा कायम रहेको द्वेध स्वामित्व अन्त्य गरी किसानको हकहित संरक्षण गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । शुक्रवार राष्ट्रिय सभाको बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै उहाँले प्रचलित कानुन बमोजिम भूमि सुधारका कार्यहरू भइरहेको जानकारी दिनुभयो । मन्त्री रावलले किसानको हित संरक्षणका लागि भूमि सम्बन्धी ऐन, २०२१ को दफा २५ ले २०२१ मङ्सिर १ गतेसम्म मोहि जनिएका व्यक्तिहरूलाई मोहि कायम गर्ने व्यवस्था गरेको स्पष्ट पार्नुभयो ।

उहाँकाअनुसार सोही ऐनको दफा २६ (घ) बमोजिम आधा जग्गा मोहिको हुने कानूनी सुनिश्चितता रहेको छ । बैठकमा सांसद भुवन कुमार सुनारले पूरक प्रश्न सोध्दै बिर्ता उन्मूलन भएपनि रसुवा, नुवाकोट, गोरखा र प्युठान लगायतका जिल्लाका किसानहरू अझै उठीबास हुने अवस्थामा रहेको र उनीहरू आन्दोलित हुनुपरेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । सांसद सुनारले वैज्ञानिक भूमि व्यवस्थापन र किसानको हक कायम गर्न भइरहेको ढिलाइबारे प्रश्न गर्नुभएको थियो ।जवाफमा मन्त्री रावलले सांसदले उठाएका विषयमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको र सो सम्बन्धमा आवश्यक प्रक्रिया सुरु भइसकेको जानकारी दिनुभयो । उहाँले उल्लेखित जिल्लाका समस्याका सम्बन्धमा केही दिनभित्रै विस्तृत रिपोर्टसहित जानकारी गराउने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

Leave a Reply