दाहालले भने– ‘पाँचै वर्ष ओली’ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

दाहालले भने– ‘पाँचै वर्ष ओली’

Prachandaaa

चितवन, ९ फागुन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले केपी ओली पाँच वर्ष नै प्रधानमन्त्री रहने संकेत गरेका छन् । माओवादी केन्द्र र एमालेबीच पार्टी एकीकरण गर्ने सहमति गरेको भोलिपल्ट मंगलबार बिहान गृहजिल्ला आएका दाहालले भरतपुर विमानस्थलमा पत्रकारसँग भने, ‘आलोपालो विषयमा महाधिवेशनले निर्णय गर्ला । अहिलेलाई ओलीजी पाँच वर्षकै प्रधानमन्त्री हो ।’

पार्टी एकीकरणपछि महाधिवेशन नहुँदासम्म आफू र ओली अध्यक्ष रहने र एकीकृत पार्टी बैठकको अध्यक्षता पालैपालो गर्ने सहमति भएको तर प्रधानमन्त्रीको विषय महाधिवेशनले नै टुंग्याउने दाहालले बताए । एकीकरणपछिमहाधिवेशन चाँडै नै हुने उनले जनाए । ‘मोटामोटी डेढ दुई वर्षभित्र महाधिवेशन भएरै छाड्छ । अधिवेशनमा प्रधानमन्त्री के कसरी हुने भन्नेविषयमा निर्णय हुन्छ,’ उनले भने ।
दुई दलबीच एकताको सहमतिसँगै एकताका विषयमा दुई कार्यदल बनेको दाहालले बताए । ती कार्यदलले साताभित्र सुझाव दिने र त्यसपछि संयुक्त बैठक राखी पुराना केन्द्रीय समिति भंग गरेर नयाँ समिति बनाउने उनले जनाए । ‘त्यसैलाई निर्वाचन आयोगमा दर्ता गर्नेछौं,’ दाहालले भने ।
कानुनी प्रक्रिया पूरा गर्न बाँकी रहे पनि अब आफूलाई नेपाल कम्युनिस्ट पार्टीको अध्यक्ष भने पनि अन्यथा नहुने उनले बताए । आजको कान्तिपुरमा यस्तो खवर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);