सुस्तामा भारतीय सीमा सुरक्षा बलले नेपालीलाई हप्कीदप्की गरे, यस सम्बन्धमा रक्षामन्त्रीको जवाफ चाहियोः हर्कराज राई | ईमाउण्टेन समाचार

Our Network

जेठ २८ २०८३, शुक्रबार

सुस्तामा भारतीय सीमा सुरक्षा बलले नेपालीलाई हप्कीदप्की गरे, यस सम्बन्धमा रक्षामन्त्रीको जवाफ चाहियोः हर्कराज राई

काठमाडौं ।

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले भारतीय सीमा सुरक्षा बलले सुस्तामा नेपाली नागरिकमाथि हप्कीदप्की गरेको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले उक्त सुरक्षा बलले नेपाली नागरिकमाथि हप्कीदप्की गरेको भिडियो सार्वजनिक भएको उल्लेख गर्दै त्यसबारे रक्षामन्त्रीले तत्काल जवाफ दिनुपर्ने बताउनु भयो । अध्यक्ष राईले नेपाली सेना भने सीमा क्षेत्रमा जानै नहुने के कमस खाएर बसेको छ भनि कटाक्ष समेत गर्नुभयो । उहाँले सरकारले यदि नेपाली सेनाले सीमामा गएर अवलोकन गर्न नपाउने कुनै सन्धि सम्झौता भएको भए त्यसको पत्र पनि संसदलाई जानकारी गराउन सचेत गराउनु भयो ।

अध्यक्ष राईले आफनो भूमिको लागि नेपाली नागरिकले मात्रै लडनुपर्ने दुखद अवस्था आउँदा पनि सरकारले चासो नदिएको भन्दै आक्रोश पनि व्यक्त गर्नुभयो । अध्यक्ष राईले संविधानले सूचनाको हकको व्यवस्था गरेकाले उक्त विषयमा सरकारले संसदलाई यथार्थ कुरा जानकारी गराउनुपर्ने बताउनु भयो ।

Leave a Reply