काठमाडौँ ।
नेपालमा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाबाट सञ्चालित हुने परियोजना र स्रोत दुवै घटेको पाइएको छ । सरकारी तथ्यांकअनुसार पछिल्लो ४ वर्षयता नेपालमा त्यस्ता खालको परियोजनाको संख्या दुई तिहाईले र त्यसबाट आउने बजेट पनि आधा नै घटेको तथ्य बाहिर आएको हो । बिहीवार ललितपुरमा आयोजित विकास बहस सम्बन्धि एक कार्यक्रममा बोल्दै महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयकी सचिव राधिका अर्यालले उक्त तथ्य बताउनुभएको हो । उहाँले आर्थिक वर्ष २०७८/७९ मा ९८ वटा परियोजना र त्यसबाट आउने बजेट ४० अर्व रहेको भएपनि त्यसयता परियोजना र स्रोत दुवै हरेक वर्ष घटदै गएको उल्लेख गर्नुभयो ।
मन्त्रालयले चालु आर्थिक वर्षमा पनि त्यस्ता परियोजना र स्रोत घटना आँकलन गरेको छ । सचिव अर्यालले विश्वव्यापी रुपमा आएको आर्थिक संकट, नेपाल एलडीसीबाट ग्रयाजुयट हुने सन्दर्भले पारेको प्रभाव कारण पनि नेपालमा यस्ता परियोजना र त्यसबाट आउने बजेट घटदै गएको हुनसक्ने पनि बताउनु भयो । सचिव अर्यालले नेपालमा गैर सरकारी संस्थाहरुलाई कडाईका साथ अनुगमन गर्नुपर्ने अवस्था रहेको पनि बताउनु भयो ।




