नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

जेठ २० २०८३, बिहीबार

नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु

भारतको राजधानी नयाँ दिल्लीस्थित मालवीय नगरमा रहेको माइकासा इन होटलमा बुधवार भीषण आगलागी हुँदा २१ जनाको मृत्यु भएको छ । स्थानीय सञ्चारमाध्यमहरूका अनुसार आगलागीमा परी अन्य धेरै व्यक्ति घाइते भएका छन् । अग्नि नियन्त्रण विभागका एक अधिकारीले ३५ जनाभन्दा बढीको उद्धार गरिएको जानकारी दिएका छन् । उद्धार गरिएका व्यक्तिहरूलाई उपचारका लागि स्थानीय तीनवटा अस्पतालमा भर्ना गरिएको छ । अधिकारीहरूकाअनुसार होटलको भुइँतलाबाट शुरु भएको आगो द्रुत गतिमा भवनको माथिल्लो तलासम्म फैलिएको थियो । उक्त होटल स्वीकृत मापदण्डविपरीत निर्माण गरिएको पाइएको छ । ६ वटा कोठाका लागि मात्र अनुमति प्राप्त सो बहुतले भवनमा नियमविपरीत २५ वटा कोठा बनाइएको स्रोतले जनाएको छ । एक प्रत्यक्षदर्शीका अनुसार होटलमा आपत्कालीन निकासको उचित व्यवस्था नभएका कारण आगलागीका बेला मानिसहरू ज्यान जोगाउन माथिल्लो तलामा भागेका थिए । ज्यान जोगाउने क्रममा केही व्यक्तिहरूले भवनबाट हामफालेको समेत देखिएको थियो । यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल एक्समार्फत यस दुःखद् घटनाप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । उहाँले मृतकका परिवारजनप्रति समवेदना प्रकट गर्दै घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

Leave a Reply