तीब्बतसँग व्यापार नभएकै कारण नेपाल आर्थिक रुपमा कमजोर : भट्टराई | ईमाउण्टेन समाचार

Our Network

फागुन ६ २०८२, बिहीबार

तीब्बतसँग व्यापार नभएकै कारण नेपाल आर्थिक रुपमा कमजोर : भट्टराई

Baburam-bhattrai-1

काठमाडौं, ७ फागुन । नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकलाई समृद्ध बनाउन सबै समुदायको सहभागितामा जोड दिनुपर्ने बताएका छन् ।

संयोजक भट्टराईले मुलुकलाई सही अर्थमा लोकतान्त्रिक मुलुक बनाउन विकास र समृद्धिको दिशामा सबै समुदायलाई सहभागी गराउनुपर्ने बताए ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले तीब्बतसँग व्यापार नभएकै कारण नेपाल आर्थिक रुपमा कमजोर बन्न पुगेको स्मरण गरे मल्लकालीन समयमा नेपालले आर्थिक रुपमा प्रगति गर्नुमा तीब्बतसँगको व्यापार भएको उनले बताए।

संयोजक भट्टराईले नेपाल प्राचीन कालमा समृद्ध रहेको चर्चा गरे । उनले मुलुकको समृद्धिका लागि सचेत भएर अघि बढन समेत युवाहरुलाई आह्वान गरे ।