बालश्रममुक्त कागजमै सीमित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

बालश्रममुक्त कागजमै सीमित

bal sharam

भक्तपुर,७ फागुन । जिल्लालाई बालश्रम शोषणमुक्त बनाउन तयार गरिएको पञ्चवर्षीय रणनीतिक योजना कागजमा सीमित भएको छ । जिल्ला प्रशासन, साबिक जिल्ला विकास समिति, महिला तथा बालबालिका कार्यालय, जिल्ला बालकल्याण समिति, केन्द्रीय बालकल्याण समिति, बालबालिकाका क्षेत्रमा कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाको समन्वयमा ०७० \७१ बाट पञ्चवर्षीय रणनीतिक योजना लागू गरिएको थियो ।

साविक अनन्तलिंगेश्वर नगरपालिकालाई सन् २०१६ भित्र बालश्रममुक्त बनाउन बालश्रमविरुद्ध हरियो झन्डा अभियान सञ्चालन गरिएको थियो । अनन्तलिंगेश्वरमा मात्र ७८ घरेलु बालश्रमिक भेटिएकामा त्यसबाट घटाएर ३३ मा झारिएको छ । उनीहरूको उद्धार भने भएको छैन । ती बालबालिकालाई सरकारका उच्च ओहदाका कर्मचारी, सांसदको घरमा बालश्रमिकका रूपमा राखेको भेटिएको थियो । लक्ष्यअनुरूपयोजना कार्यान्वयनमा आउन नसकेको बालक्लब सञ्जालका पूर्वअध्यक्ष श्रीकृष्ण थापाले बताए । सञ्जालका पूर्वअध्यक्ष दिपेश बिसुङ्खेले भने योजना कार्यान्वयन नगरी थन्क्याइएको आरोप लगाए ।

जिल्ला प्रशासन, महिला तथा बालबालिकाको कार्यालयलगायतले भने संघीयता कार्यान्वयनले योजना अलमलमा परेको बताए । ‘सम्पूर्ण अधिकारी स्थानीय तहमा जानु नै प्रमुख कारण हो,’ प्रजिअद्रोण पोखरेलले भने, ‘स्थानीय तहले बालबालिकाको हक अधिकारका लागि छुट्टै नीति बनाएर अघि बढ्नु जरुरी छ ।’आजको कान्तिपुरमा खवर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);