काठमाडौँ ।
पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित सरकारी जग्गा अतिक्रमण गरी बनाइएका विभिन्न राजनीतिक दल तथा सामाजिक संघ–संस्थाका भवनहरू हटाउन शुरु गरेको छ । महानगरले बिहीवार डोजर प्रयोग गरी ती अनधिकृत संरचनाहरू भत्काएको हो । महानगरपालिकाकाअनुसार प्रमुख राजनीतिक दल र विभिन्न संघ–संस्थाका गरी जम्मा ९ वटा भवनहरूमा डोजर चलाइएको छ ।
सार्वजनिक जग्गाको संरक्षण गर्ने र खोला क्षेत्रलाई व्यवस्थित बनाउने उद्देश्यका साथ महानगरले गत आईतवारदेखि ‘खोला/घर क्लियर’ गर्ने अभियानलाई निरन्तरता दिँदै आएको छ । अतिक्रमित संरचना हटाउने यस कार्यलाई महानगरले आफ्नो नियमित अभियानको रूपमा अगाडि बढाएको छ ।




