काठमाडौँ ।
राज्यका कारण पछिल्लो समय प्रेस स्वतन्त्रता र पत्रकारिता क्षेत्रमाथि गम्भीर संकट पर्दै गएको सरोकारवालाहरुले बताएका छन् ।नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको २५ औँ वार्षिक साधारणसभामा सहभागी वक्ताहरुले राज्यको नीतिका कारण पत्रकारिता क्षेत्र संकटमा परेको बताएका हुन् । उनीहरुले सरकारले निजी क्षेत्रका सञ्चारमाध्यामलाई धराशायी बनाउनेगरि सरकारले जीटुजीको नाममा विज्ञापन निति लिएको आरोप लगाए । उनीहरुले सरकारी विज्ञापन वितरणसम्बन्धी सरकारको पछिल्लो निर्णयविरुद्ध पत्रकार तथा सञ्चारसम्बद्ध संगठनहरूले आन्दोलन चर्काउने घोषणा गरेका छन् । वरिष्ठ पत्रकार किशोर नेपालले सरकारले पत्रकारिता क्षेत्रमाथी हस्तक्षेप गरेको पहिलो पटक नभएको बताउनु भयो । उहाँले सरकारले हरेक नाममा पत्रकारिता क्षेत्रको घाँटी निमोठ्ने काम गरिरहेको टिप्पणी गर्नुभयो । उहाँले सामाजिक सञ्जाल र मूलधारको पत्रकारितालाई एउटै रूपमा बुझ्न नहुने बताउँदै पत्रकारिताको संस्थागत अस्तित्व जोगाउनुपर्नेमा जोड दिनुभयो । उहाँले पत्रकारहरुले नै सामाजिक सञ्जालमार्फ समाचार दिने गरेको भन्दै असन्तुष्टी जनाउनु भयो । उहाँले सामाजिक सञ्जालले सबै गर्छ भन्ने भ्रम रहेको र यो धेरै समय नरहने बताउनुभयो । पत्रकारिताको भूमिका अझै अपरिहार्य रहेको उल्लेख गर्दै उहाँले पत्रकारितामा संघर्ष गर्न आग्रह गर्नुभयो ।

नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले सरकार नै संचार क्षेत्रलाई कमजोर बनाउन लागेको आरोप लगाउनुभयो । सरकाले मुख्यधारका सञ्चारमाध्यमलाई कमजोर बनाएर सामाजिक सञ्जालमार्फत प्रोपोगान्डा फैलाउन खोजिरहेको उहाँको दाबी छ । उहाँले लोकतन्त्र जोगाउन अहिले सबै सञ्चारकर्मी एक ठाउँमा उभिनुपर्ने बेला आएको बताउनुभयो । उहाँले पत्रकारहरूको क्षमता अभिवृद्धि, अध्ययन भ्रमण र फेलोसिपका लागि छुट्याइएको बजेट समेत सरकारले कटौती गरेर एनजिओलाई दिएको आरोप लगाउनुभयो । वर्तमान संचारमन्त्री नै सञ्चार क्षेत्रका संघ–संस्थालाई उपेक्षा गरेको उल्लेख गर्दै यसको ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी समेत दिनुभयो । उहाँले नेपालभरका संचारगृहलाई समान रुपमा विज्ञापन दिन विज्ञापन बोर्डको परिकल्पना गरेपनि बोर्डले कहिलै सन्तुष्ट हुनेगरि काम नगरेको आरोप लगाउनुभयो । उहाँले राज्यले जीटुजीका नाममा सम्पूर्ण संचार प्रतिष्ठानहरुलाई बन्द गर्नेगरि विज्ञापन निति लिएको बताउनुभयो । यसले संचार प्रतिष्ठानसंगै श्रमजीवीहरु मारमा परेको उल्लेख गर्नुभयो । संचार प्रतिष्ठानहरु बलियो भएमा मात्र श्रमजीवीहरुको अधिकार रक्षा हुने उहाँको भनाई छ । उहाँले सरकारको निति विरुद्ध प्रेस युनियनले जेठ १३ गते बिहान माइतीघर मण्डलाबाट आन्दोलन सुरु गर्ने घोषणा गर्नुभयो ।कार्यक्रममा सहभागीहरुले सरकारी विज्ञापन नीति, सामाजिक सञ्जालको बढ्दो प्रभाव र पत्रकारिताप्रति सरकारको दृष्टिकोणले प्रेस स्वतन्त्रता तथा सञ्चार क्षेत्रको भविष्य संकटमा परेको बताएका छन् । उनीहरुले पत्रकार र सामाजिक सञ्जाल प्रयोगकर्ता छुट्याउन नसक्दा पछिल्लो समय पत्रकारीता क्षेत्रको बदनाम भईरहेकोतर्फ पनि चिन्ता व्यक्त गरेका छन् ।