सरकारले कृषि क्षेत्रमा अत्यावश्यक आत्मनिर्भर नीति अवलम्वन गर्नुपर्छः सांसद अधिकारी | ईमाउण्टेन समाचार

Our Network

जेठ ५ २०८३, बुधवार

सरकारले कृषि क्षेत्रमा अत्यावश्यक आत्मनिर्भर नीति अवलम्वन गर्नुपर्छः सांसद अधिकारी

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले कृषि क्षेत्रमा अत्यावश्यक आत्मनिर्भर नीति अघि सार्न सरकारलाई सुझाव दिनुभएको छ ।
मंगलवार प्रतिनिधि सभा बैठकमा सरकारले प्रश्तुत गरेको आगामी आर्थिक वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उहाँले अति आवश्यक कृषिजन्य वस्तुहरुको पहिचान गरी सरकारले आत्मनिर्भरका लागि समयवद्ध योजना बनाउन पनि आवश्यक रहेको बताउनु भयो ।  सरकारले आगामी बजेटमा कृषि पर्यटन, रसायनिक मलको सहज आपूर्ति र ग्रिन युरियाजस्तो दीर्घकालीन विकल्पलाई प्राथमिकतामा राख्नपर्ने सांसद अधिकारीको भनाई थियो । उहाँले मुलुकमा ठूलो समस्याको रुपमा रहेको बेरोजगारी समस्या समाधानका लागि सरकारले उत्पादनमूलक उद्योगमा जोड दिनुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो,‘कृषि क्षेत्रमा नेपालले अअअ अर्थात अत्यावश्यक आत्मनिर्भर नीति अघि सार्नु पर्दछ । चामल, दाल, दुधजन्य वस्तु, माछामाशु, तरकारी, फलफूलजस्ता आधारभूत खाद्यबस्तु पहिचान गरी आत्मनिर्भरताको समय वद्ध तालिका तोक्नु पर्दछ । यसको लक्ष्य पनि तोकिनु पर्दछ । आजको विश्व भूराजनीतिक अवस्थामा कृषि उत्पादन केवल खाद्यन्न मात्र होइन सभामुख महोदय । राष्ट्रिय खाद्य सुरक्षाको विषय बनेको छ । यो गम्भिर प्रश्न पनि बनेको छ । त्यसैले कृषि क्षेत्रको विस्तारका लागि एग्रो पुलिङ एग्रिकल्चनर सेन्टर एक्सलेन्स सिजनल टयारिफ, कृषि पर्यटन, रसायनिक मलको सहज आपूर्ति र ग्रिन युरियाजस्तो दीर्घकालीन विकल्पलाई बजेटले प्राथमिकतामा राख्नु पर्दछ । आजको सबै भन्दा ठूलो समस्या भनेको बेरोजगारीको समस्या हो । रोजगारी सृजनाको प्रमुख आधार नै उत्पादनमूलक उद्योगहरु हो । तर उत्पादनमूलक उद्योगहरु हेर्नुहुन्छ भने जिडीपीमा यसको योगदान अत्यन्तै न्युन छ । अर्थात ५ दशमलव ७२ प्रतिशत मात्र उद्योगहरु छन् । औद्योगिक क्षेत्र र विशेष आर्थिक क्षेत्र सेजले अपेक्षित रुपमा काम गर्न सकिरहेको छैन । तसर्थ यी संस्थाहरुको पनि रिइन्जिनियरिङ गरियोस भन्ने अर्थमन््रत्रीज्यूलाई निवेदन गर्न पनि चाहन्छु ।’ 
सांसद अधिकारीले विशेष आर्थिक क्षेत्रलाई सरकारले पुनर्संरचना गरी अघि बढाउन पनि आवश्यक रहेको बताउनु भयो ।

Leave a Reply