शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपाल सुपर लिग (एनएसएल) को आयोजनाले नेपाली फुटबललाई नयाँ उचाईमा लैजाने आशा व्यक्त गर्नुभएको छ ।
झम्सिखेलमा आईतवार भएको एनएसएलको आगामी संस्करणको घोषणा कार्यक्रमको अवसरमा मन्त्री पोखरलले हरेक खेलको पे्रmन्चाइज लिगले खेलकुदको विकासमा महत्वपूर्ण भुमिका खेल्ने बताउनुभएको हो । यसअघि नेपाल प्र्रिमियर लिग (एनपिएल) ले पनि नेपाली क्रिकेटको विकासमा राम्रो भुमिका खेलेको उल्लेख गर्दै एनएसएल पनि त्यस्तै माध्यम रहेको उहाँको भनाइ छ । मन्त्री पोखरेलले आजको दिनसम्म खेलकुदमा निजी क्षेत्रलाई राम्रोसँग जाोड्न नसकेको दाबी गर्नुभयो । तर फ्रेन्चाइज लिगले नेपालको कर्पोरेट क्षेत्रलाई पनि खेलकुदमा जोडेर अघि बढ्नु सुखद् पक्ष रहेको मन्त्री पोखरेल बताउनुहुन्छ । खेलकुद विकासमा नीजि क्षेत्रको सहभागिता अपरिहार्य रहेकाले सरकार पनि सँगै अगाडि बढ्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । नीजि क्षेत्रकै साथले विश्वका चर्चित व्यावसायिक लिग अघि बढिरहेको उहाँले बताउनु भयो । खेलकुदभित्र राजनीति नगरी आफ्नो सरकार अगाडि बढ्ने उहाँको भनाइ छ । खेलकुदभित्र लगानी बढाउने र ग्रासरुटलाई प्रोत्साहित गर्ने उहाँ बताउनु हुन्छ । अहिले शिक्षा र खेलकुद एकै ठाउँमा राखेर सरकार अघि बढेको उल्लेख गर्नै मन्त्री पोखरेलले ग्रासरुटदेखि नै खेल विकासका लागि शिक्षा क्षेत्रबाट नै सम्भव रहेको बताउनु भयो । नेपालको भविष्यका खेलाडी विद्यालयमा नै रहेकाले त्यसक्षेत्र नै लगानी बढाउन आवश्यक रहेको उहाँले बताउनु भयो ।
नेपाल २७ हजार विद्यालय रहेको र त्यसमा लाखौं विद्यार्थी बढ्ने भएकाले त्यहाँ लगानी बढाउनुपर्ने मन्त्री पोखरेलले उललेख गर्नुभयो । पाठ्यक्रममा नै खेलकुद विषय समावेश गर्न सरकारले कार्यद नै बनाएर अगाडि बढ्न चाहेको उहाँले बताउनु भयो । नेपाल आर्मी, एपिएफ र पुलिसमा राम्रो खेलाडी आउनुको पछाडि त्यहाँ राम्रो डाइट र तालिक रहेको उहाँको बुझाइ छ । त्यस्तै व्यवस्था सानैदेखि खेलाडीलाई आवश्यक रहेको उनी बताउँछन् । उनले अबको १०÷१५ वर्षमा खेल विकास गर्न सम्भव रहेको बताउनु भयो । उहाँले अखिल नेपाल फुटबल संघ (एन्फा) सँगै सबै पक्ष मिलेर नेपाली फुटबल अगाडि बढाउन आग्रह गर्नुभयो ।




