भारतीय मालबाहक ट्रक नाकामै रोक्न माग | ईमाउण्टेन समाचार

Our Network

माघ १४ २०८१, सोमबार

भारतीय मालबाहक ट्रक नाकामै रोक्न माग

दाङ, ५ फागुन । नेपालका मालबहाक ट्रक व्यवसायीले भारतीय मालबाहक ट्रक नाकामै रोक्न माग गरेका छन् । भारतीय ट्रकले नेपालमा ढुवानी गर्दा आफ्नो व्यवसाय संकटमा परेको भन्दै भारतीय मालबाहक ट्रक नाकामै रोक्न व्यवसायीले माग गरेका हुन् ।

राप्ती अञ्चल ट्रक यातायात व्यवसायी समितिको १६ औं बार्षिक साधारण सभामा सहभागिले तत्काल भारतीय ट्रक नेपाल प्रवेशमा रोक लगाउन माग गरेका हुन् ।

नेपालमा ६५ हजार मालबाहक ट्रक रहेका छन् । भारतीय मालबाहक ट्रक प्रवेशमा रोक नलाए कडा आन्दोलन गर्ने व्यवसायीले चेतावनी दिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);