काठमाडौँ ।
प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले आफू प्रधानमन्त्री बालेन्द्र साहलाई संसदको बैठकमा उपस्थितिका लागि मिति तोक्ने कुनै अधिकार नभएको बताउनुभएको छ ।विपक्ष दलका सांसदहरुले प्रधानमन्त्रीलाई सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग उपस्थित गराउनका लागि रुलिङ गर्न विपक्ष दलका सांसदहरुले माग गरेपछि उहाँले सो कुरा प्रष्ट्याउनुभएको हो ।
सभामुख अर्यालले कुनैपनि सांसदहरुलाई सभामा उपस्थितिका लागि कार्यतालिका तोक्ने अधिकार र आधार आफूसँग नभएको स्पष्ट पार्नुभयो । सभामुख अर्यालले आफूले आजको बैठक सुचारु गराउन विपक्ष दलका सांसदहरुलाईं आग्रह गर्दै सभामा उपस्थितिका लागि आजै बेलुका प्रधानमन्त्री साहसँग आफूले छलफल गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । प्रतिनिधि सभाको बैठक पुनः १५ मिनेटका लागि स्थगित भएको छ ।




