सरकारलाई सांसद अधिकारीको प्रश्तावः विश्वको सर्वोच्च शिखर सगरमाथाको शीतलतालाई मुलुकको अर्थतन्त्रको बलियो आधार बनाऔं | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८३, बुधवार

सरकारलाई सांसद अधिकारीको प्रश्तावः विश्वको सर्वोच्च शिखर सगरमाथाको शीतलतालाई मुलुकको अर्थतन्त्रको बलियो आधार बनाऔं

काठमाडौँ 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले विश्वको सर्वोच्च शिखर सगरमाथाको शीतलतालाई मुलुकको अर्थतन्त्रको बलियो आधार बनाउनुपर्ने प्रश्ताव गर्नुभएको छ । बुधवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै उहाँले नेपालले शान्ति र सगरमाथाको शीतललाई अर्थतन्त्र निर्माणको बलियो आधारमा रुपमा अघि बढाउनुपर्ने बताउनुभएको हो ।

मुलुकको अर्थतन्त्र वर्षौदेखि रेमिटयान्सको भरमा चलेको उल्लेख गर्दे सांसद अधिकारीले प्रविधिको विकासका लागि विश्वमा रहेका विज्ञहरुलाई नेपालको भौगोलिक तथा सांस्कृतिक विविधतामा रमाई काम गर्ने वातावरण बनाउन पनि सरकार लाग्नुपर्ने बताउनु भयो । सांसद अधिकारीले नेपालको भौगोलिक विविधता र समृद्ध कला संस्कृति विश्वका जोकोहीलाई लोभ्याउने उल्लेख गर्दै उहाँँले विश्वका प्रविधिका विज्ञहरुलाई नेपालमा नै बसेर काम गर्नसक्ने गरी आवश्यक भिसाको व्यवस्था मिलाउन पनि सरकारलाई सुझाव दिनुभयो ।

Leave a Reply