सरकारले सुकुम्बासी बस्तीमा बर्बरतापूर्वक हमला गर्‍यो, अब काँग्रेसले प्रतिवाद गर्छः गगन थापा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८३, शुक्रबार

सरकारले सुकुम्बासी बस्तीमा बर्बरतापूर्वक हमला गर्‍यो, अब काँग्रेसले प्रतिवाद गर्छः गगन थापा

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारले सुकुम्बासी बस्तीमाथि बर्बरतापूर्वक हमला गरेको भन्दै त्यसको प्रतिवादमा उत्रिन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभएको छ । शुक्रवार सानेपास्थित पार्टी मुख्यालयमा आयोजित ‘नेपालमा भूमिहिन सुकुम्वासी र अव्यवस्थित बसोवासीको अवस्थाः डोजर आतंक र सुकुम्वासी पीडा’ विषयक कार्यक्रममा बोल्दै उहाँले सो निर्देशन दिनुभएको हो ।

सभापति थापाले पार्टीका संघीय तथा प्रदेश तथा स्थानीय सरकारमा रहेकाहरुलाई सरकारको सो बर्बरताको विरुद्ध प्रतिवाद गर्न सचेत गराउनु भयो । उहाँले सरकारले सुकु्म्बासी बस्तीमा बर्बरता देखाएर पनि कम्फरटेबल फिल गरिरहेको भन्दै यस्तो शासक आफूले यसअघि नदेखेको दाबी समेत गर्नुभयो । सभापति थापाले सरकारले बल प्रयोग गर्दा नागरिकलाई पीडालाई समेत बेवास्ता गरेको भन्दै आक्रोश समेत व्यक्त गर्नुभयो । सभापति थापाले सुकुम्बासीको पक्षमा काम गर्नुपर्नेतर्फ केन्द्रित हुन काँग्रेसले नेतृत्व गरिरहेका प्रदेश र स्थानीय सरकारलाई पनि सचेत गराउनु भयो ।

Leave a Reply

ताजा समाचार