काठमाडौं, ५ फागुन । काठमाडौंको लगनस्थित निजी घरमा आगलागी भएको छ । आगलागी अमृतलाल रञ्जितको घरमा भएको हो । प्रहरी र वारुण यन्त्रको टोली रञ्जितको पाँच तले घरमा विहान चार बजे लागेको आगो निभाउने प्रयास गरिरहेका छन् ।
आगलागीमा एक जना वृद्ध परेको आशंका गरिएको छ । आगलागीको कारण खुल्न बाँकी रहेको प्रहरी ले बताएको छ ।




