प्रधानमन्त्री नियुक्ति प्रक्रिया: ..त्यतिबेला गिरिजाले पनि यही विधि अपनाएका थिए | ईमाउण्टेन समाचार

Our Network

कार्तिक ६ २०८१, मंगलबार

प्रधानमन्त्री नियुक्ति प्रक्रिया: ..त्यतिबेला गिरिजाले पनि यही विधि अपनाएका थिए

काठमाडौं,४ फागुन । शेरबहादुर देउवाले राजीनामा दिनेबित्तिकै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रपतिले प्रधानमन्त्रीको सपथ खुवाएपछि यसबारे बहस चलेको खबर छ । नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष विश्वकान्त मैनालीले प्रधानमन्त्रीको सपथ प्रक्रिया असंवैधानिक नभएको बताएका छन् ।

उनले निर्वाचन आयोगले प्रतिनिधिसभाको अन्तिम परिणाम बुझाइसकेपछि संसदको बैठक बोलाएर मात्र प्रधानमन्त्री हुनुपर्छ भन्ने कतै नलेखिएको बताए । मैनालीले भने, प्रधानमन्त्रीको हकमा यस्तो गर्न मिल्छ तर, संविधानमा धेरै कुरा प्रष्ट नहुँदा यस्ता विवाद आउने गर्छन्  ।

एसोसिएसनकै अर्का पूर्वअध्यक्ष प्रमबहादुर खड्काले ओलीले प्रधानमन्त्री बन्न हतार गरेको बताए । संसद बैठक बोलाएर बिस्तारै प्रधानमन्त्री भएको भए सर्वसाधारणमा पनि बुझ्न सजिलो हुन्थ्यो अलिक हतार भयो किु, खड्काले भने,संवैधानिक प्रक्रिया नपुर्याएको त होइन तर नयाँ अभ्यासजस्तो भयो । समाचारमा लेखिएको छ, खड्काले २०४८ सालमा कांग्रेस नेता गिरिजाप्रसाद कोइरालाले पनि यही विधि अपनाएको बताए । आजको नेपाल समाचारपत्रमा खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);