२०८३ लाई ‘पुनर्जागरण वर्ष’ बनाउने एमाले महासचिवको उद्घोष | ईमाउण्टेन समाचार

Our Network

चैत २७ २०८२, शनिबार

२०८३ लाई ‘पुनर्जागरण वर्ष’ बनाउने एमाले महासचिवको उद्घोष

काठमाडाैं । नेकपा एमाले महासचिव शंकर पोखरेलले नेकपा एमाले फेरि खरानीको थुप्रोबाट उठ्ने र निर्णायक शक्ति बन्ने दृढता व्यक्त गर्नुभएको छ ।  उहाँले नयाँ वर्ष २०८३ लाई पार्टीको ‘पुनर्जागरण र पुनर्गठन वर्ष’ को रूपमा मनाउने घोषणा गर्नुभएको हो ।

निर्वाचनको धक्कापछि निराश बनेका कार्यकर्ताहरूलाई ऊर्जा भर्दै उहाँले २०६४ सालमा एमाले सकियो भन्नेहरूले २०७० मा एमालेको पुनरागमन भएको स्मरण गराउनु भयो । पार्टी सत्तामुखी र केन्द्रमुखी हुँदा जनतासँगको सम्बन्ध केही कमजोर भएको स्वीकार गर्दै अब ‘मिसन ग्रासरुट’ मार्फत जनताको घरदैलोमा पुग्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘२०६४ सालमा एमाले सकियो भन्नेहरूले २०७० मा एमालेको पुनरागमन देखेका थिए, इतिहास फेरि दोहोरिनेछ । हामी यो निराशालाई संकल्पमा बदल्नेछौँ, संकल्पलाई आशामा बदल्नेछौँ । ८२ को पीडालाई ८३ को सफलताले धोइपखाली गर्नेछौँ ।

पोखरेलले एमालेलाई समृद्ध नेपालको आकांक्षा पूरा गर्ने एक मात्र भरपर्दो शक्तिको रूपमा पुनर्स्थापित गर्ने संकल्प गर्नुभयो ।

Leave a Reply