नेपाल-भारत विश्वविद्यालय प्राध्यापक सम्मेलनमा भारतका १३ र नेपालका ६ वटा विश्वविद्यालयकाे दस्तावेजहरुमाथि छलफल हुने | ईमाउण्टेन समाचार

Our Network

जेठ १२ २०८३, बुधवार

नेपाल-भारत विश्वविद्यालय प्राध्यापक सम्मेलनमा भारतका १३ र नेपालका ६ वटा विश्वविद्यालयकाे दस्तावेजहरुमाथि छलफल हुने

काठमाडाैं । काठमाडौंमा नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन शुरु भएको छ । शुक्रवार सम्मेलनको शुभारम्भ गरिएको हो ।

नेपाली भाषाका समालोचक प्रा. डा. वासुदेव त्रिपाठीको नेतृत्वमा शुरु भएको सो सम्मेलन तीन दिनसम्म चल्ने नई एकेडेमीका सदस्य सचिव नरेन्द्र प्रसाईंले जानकारी दिनुभयो । उहाँले सो सम्मेलन नेपाली साहित्यको व्याख्या, विश्लेषण गर्ने एउटा थलोको रुपमा रहने बताउनुभयो ।

सदस्य सचिव प्रसाईंले भन्नुभयो,‘नेपाली साहित्यको जरादेखि अहिलेसम्मको अवस्थालाई व्याख्या विश्लेषण गर्ने र त्यो इतिहासलाई देखाउने एउटा स्वर्णिम क्षणमा हामी उपस्थित भएका छौँ । २०३१ सालमा त्रिभूवन विश्वविद्यालयबाट नेपाली भाषा, साहित्यमा विद्यावारिधि गर्ने श्रद्धेय महासमालोचक वासुदेव त्रिपाठी हुनुहुन्छ । यो सम्मेलनको मुख्य एजेण्डा यसको खाका पनि नेपाल तथा भारतका विश्वविद्यालयहरुबाट विद्यावारिधि गर्ने प्राज्ञहरुको उपस्थिति हो । त्रिभूवन विश्वविद्यालयमा रहेर प्राध्यापक हुनु भएका श्रद्धेय शिवगोपाल रिसाल, आदरणीय मित्र केशव सुवेदी लगायतका प्राध्यापकहरु पनि उपस्थिति रहेको छ । दर्जनौँ विद्यावारिधि गर्नेहरुको पनि उपस्थिति छ ।’

सम्मेलनमा उच्च शिक्षामा नेपाली भाषा साहित्यको अध्यापन तथा अनुसन्धान गरिने भारतका १३ वटा विश्वविद्यालय र नेपालका ६ वटा विश्वविद्यालयका दस्तावेजहरुमाथि गहन छलफल गरिने बताइएको छ । नेपाली भाषा साहित्यमा विद्यावारिधि गर्ने २५ जना प्रतिनिधि प्राज्ञहरुमा सम्बोधन गर्नुहुने पनि सो एकेडेमीले जनाएको छ ।

Leave a Reply