प्रि-बजेटबारे चार्टड एकाउण्टेण्ट्स संघकाे छलफल, छलफलकाे निष्कर्ष सरकारलाई बुझाइने | ईमाउण्टेन समाचार

Our Network

भदौ १ २०८३, मंगलबार

प्रि-बजेटबारे चार्टड एकाउण्टेण्ट्स संघकाे छलफल, छलफलकाे निष्कर्ष सरकारलाई बुझाइने

काठमाडाैं । नेपाल चार्टड एकाउण्टेण्ट्स संघले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटबारे छलफल गरेको छ । संघको आयोजनामा भएको प्रि–बजेट छलफलमा आयकर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क, भन्सार महशुल, शिक्षा सेवा शुल्क लगायत समग्र कर प्रणाली सुधारमा नीतिगत सुधार, प्रक्रियागत सरलीकरणका विषयमा सरकारले आगामी वर्षको बजेटमा लिनुपर्ने नीतिका बारेमा छलफल भएको थियो ।

चार्टड एकाउण्टेण्ट्स संघका महासंचिव प्रदीप अर्यालका अनुसार आगामी बजेट कस्तो हुनुपर्छ भन्ने सन्दर्भमा छलफल गरिएको र छिट्टै निष्कर्ष सरकारलाई बुझाइने जानकारी दिनुभयो ।

महासचिव अर्यालले भन्नुभयो–‘चार्टड एकाउण्टेण्ट्स संघले विगतदेखि नै प्रिबजेट छलफल गर्दै आएको छ र सरकारलाई तटस्थ रुपमा सुझाव समेत दिने गरेको छ । त्यहाँबाट धेरै परिवर्तन समेत सुझावका आधारमा हुने गरेको छ । दुई दिने अन्तर्रक्रिया कार्यक्रममा बजेट कस्तो हुनुपर्छ भन्ने सन्दर्भमा व्यापक छलफल भयो ।’

अर्यालयका अनुसार राजश्व चुहावट नियन्त्रण तथा अनुसन्धान, बैंक, वित्तीय संस्था, बीमा, रेमिटेन्स, पूँजी बजारमा सरकारले आगामी दिनमा लिनुपर्ने रणनीतिका बारेमा समेत छलफल गरिएको थियो ।

Leave a Reply

ताजा समाचार