‘सरकारको बारेमा बोल्न पटक्कै मन छैन तर चुपचाप बस्न पनि सकिएन’ | ईमाउण्टेन समाचार

Our Network

चैत २४ २०८२, बुधवार

‘सरकारको बारेमा बोल्न पटक्कै मन छैन तर चुपचाप बस्न पनि सकिएन’

काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टीका सांसद जयन्तीदेवी राईले सरकार निरंकुश बन्दै जान लागेको आरोप लगाउनुभएको छ ।
राष्ट्रिय सभाको बुधबार बसेको बैठकको विशेष समयमा उहाँले सरकारले निजी सञ्चारमाध्यामहरुमाथि सरकारी सूचना तथा विज्ञापन रोक लगाउने निरंकुश निर्णय गरेको बताउनुभएको हो ।

सरकारले छोटो समयमा नै धेरै विवादित निर्णयहरु गर्दै गएको उहाँको भनाइ छ । उहाँले निजी सञ्चारमाध्यामहरुलाई विज्ञापनमा रोक लगाउने, विद्यार्थी संगठन खारेज गर्ने लगायतका अलोकतान्त्रिक निर्णय गरेकाले फिर्ता लिन माग गर्नुभयो । उहाँले ठुलो जनविश्वास प्राप्त गरेको सरकारको बारेमा बोल्न मन नभएपनि एकपछि अर्को विवादित काम गरेपनि नबोली बस्न नसकेको उल्लेख गर्नुभयो ।

उहाँले पछिल्लो समय महिला तथा किशोरीमाथि पनि साइबर हमला हुने गरेकोले बताउनुभयो । महिलामाथि हुने साइबर हिंसालाई रोक्न कडा कदम चाल्न उहाँले सरकारसँग माग गर्नुभयो ।

Leave a Reply