राेशीखाेलाकाे बाढीले अवरूद्ध बीपी राजमार्ग पुन:सञ्चालमा | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८२, आइतबार

राेशीखाेलाकाे बाढीले अवरूद्ध बीपी राजमार्ग पुन:सञ्चालमा

काठमाडाैं । शुक्रबार साँझदेखि अवरुद्ध बनेको बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ। वर्षासँगै रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध भएको राजमार्ग आइतबार बिहानदेखि सुचारु गरिएको हो।

शुक्रबार साँझ परेको वर्षाका कारण रोशी खोलामा आएको बाढीले चौकीडाँडादेखि नेपालथोकसम्मको डाइभर्सन सडक बगाएपछि यातायात आवागमन पूर्ण रूपमा बन्द भएको थियो।

बाढीले डाइभर्सन बगाएपछि शनिबार बिहानैदेखि अस्थायी डाइभर्सन निर्माण गरी नेपालथोकदेखि चौकीडाँडासम्म फसेका सवारी साधनलाई सुरक्षित स्थानमा सारिएको थियो। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार शुक्रबार साँझदेखि पूर्ण रूपमा अवरुद्ध रहेको राजमार्ग आइतबार बिहानदेखि पुनः सञ्चालनमा आएको हो।

शनिबार साँझसम्म डाइभर्सन निर्माण गरी फसेका सवारी साधन निकालिएको र आइतबार बिहानदेखि अन्य सवारी साधन सञ्चालनमा आएकाे प्रहरीकाे भनाइ छ ।

 

Leave a Reply