प्रहरी नियन्त्रणमा रहेका एमाले अध्यक्ष ओली अस्पताल भर्ना | ईमाउण्टेन समाचार

Our Network

असार २९ २०८३, मंगलबार

प्रहरी नियन्त्रणमा रहेका एमाले अध्यक्ष ओली अस्पताल भर्ना

काठमाडाैं । शनिवार बिहानै प्रहरीले पक्राउ गरेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई स्वास्थ्य जाँचका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुर्‍याइएकोमा स्वास्थ्य परीक्षणको रिपोर्टहरूको प्रतीक्षा भइरहँदा अस्पतालमा भर्ना गरिएको छ।

ओलीको आधारभूत स्वास्थ्य परीक्षणहरू भइरहेको र दुई पटक मिर्गौला प्रत्यारोपण गरिएका व्यक्ति र वयोवृद्ध भएका कारणले उनलाई चिकित्सकहरूले रिपोर्टहरू आउनुअगावै भर्ना गरेको अस्पतालका सूचना अधिकारीकाे भनाइ छ ।

आज मध्याह्नसम्म स्वास्थ्य परीक्षणका नतिजाहरू प्राप्त हुने अपेक्षा गरिएको अस्पतालले जनाएको छ।

बाँकी कानुनी प्रक्रियाका लागि ओलीलाई हिरासतमा कहाँ कसरी राख्ने भन्ने निर्णय ‘स्वास्थ्य जाँचको रिपोर्ट, चिकित्सकको सल्लाह र कानुनबमोजिम हुने’  प्रहरीकाे भनाइ छ ।

Leave a Reply

ताजा समाचार