सरकार सञ्चालनसँगै नागरिकसँग गरेका प्रतिवद्धता कार्यान्वयनतर्फ : सभापति लामिछाने | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८२, शनिबार

सरकार सञ्चालनसँगै नागरिकसँग गरेका प्रतिवद्धता कार्यान्वयनतर्फ : सभापति लामिछाने

काठमाडाैं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकार सञ्चालन भएसँगै पार्टीले नागरिकसँग गरेका प्रतिवद्धता कार्यान्वयनतर्फ अघि बढेको बताउनुभएको छ ।  सञ्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले पार्टीले चुनावअघि आमनागरिकलाई गरेको वाचा पूरा गर्न शुरु गरिसकेको दाबी गर्नुभएको हो ।

अब वाचापत्रमार्फत जनताको जनजीविकामा ठोस परिवर्तन ल्याउने जिम्मेवारी पार्टीमाथि रहेको उहाँको भनाइ छ । उहाँले सरकार नागरिकसँग गरेका वाचाहरु पूरा गर्न सक्षम हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘पार्टीले आम नागरिकलाई गरेको जुन वाचा थियो आज हामीले त्यो पुरा गरेका छौँ । अब वाचापत्रमार्फत जनताको जनजिविकामा परिवर्तन ल्याउने जुन वाचा हामीले गरेका छौँ त्यो पुरा गर्ने दायित्व र जिम्मेवारी हामीसँग छ । मलाई विश्वास छ हामी त्यो जिम्मेवारी पनि पुरा गर्छौं ।’

प्रधानमन्त्री आलोपालो हो कि पुरै कार्यकाल बालेन्द्र साहले चलाउनुहुन्छ ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उहाँले त्योबारे कुनै सल्लाह नभएको जवाफ फर्काउनुभयो ।

Leave a Reply