छाती रोग अस्पताल अब छिट्टै सञ्चालनमा आउँछः स्वास्थ्य सचिव देवकोटा | ईमाउण्टेन समाचार

Our Network

चैत ९ २०८२, मंगलबार

छाती रोग अस्पताल अब छिट्टै सञ्चालनमा आउँछः स्वास्थ्य सचिव देवकोटा

काठमाडाैं ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले छाती रोग अस्पताल सञ्चालनमा आउने बताउनुभएको छ । विश्व क्षयरोग दिवसको अवसर पारेर मंगलवार भक्तपुरमा  आयोजित एककार्यक्रममा बोल्दै उहाँले सो अस्पताल बनिसकेको र त्यसलाई सञ्चालनमा ल्याउने जिम्मेवारी सरकारले लिने बताउनु भएको हो । सचिव देवकोटाले सो अस्पताल सञ्चालनका लागि तत्काल आवश्यक कार्यक्रम र बजेटको व्यवस्था गर्न पनि राष्ट्रिय क्षयरोग अनुसन्धान केन्द्रलाई निर्देशन दिनुभयो ।

सो अस्पताल संचालनका लागि अरु कुनै समस्या भए त्यसका जिम्मा स्वास्थ्य मन्त्रालयले लिने उहाँको भनाई थियो । सचिव देवकोटाले चालु कार्यक्रमहरुलाई पनि परिमार्जन गरेर प्रभावकारी रुपमा अघि बढाउन पनि सो केन्द्रका पदाधिकारीहरुलाई सचेत गराउनु भयो ।

Leave a Reply