सुदूरपश्चिम प्रहरी प्रादेशिक अस्पताल सञ्चालनमा, सर्वसाधारणले पनि सेवा पाउने  | ईमाउण्टेन समाचार

Our Network

असोज २९ २०८३, शुक्रबार

सुदूरपश्चिम प्रहरी प्रादेशिक अस्पताल सञ्चालनमा, सर्वसाधारणले पनि सेवा पाउने 

कैलाली। प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले धनगढी उपमहानगरपालिका–३ स्थित नेपाल  सुदूरपश्चिम प्रदेश प्रहरी अस्पताल शाखाको सोमबार उद्घाटन गरेका छन् ।

नेपाल प्रहरी स्कुलको हाताभित्रको भवन उद्घाटन गरे लगत्तै प्रहरी महानिरीक्षक सिंहले सो अवसरमा वृक्षारोपण समेत गरेका थिए ।प्रहरी महानिरीक्षक सिंहले अस्पताललाई सञ्चालन गर्ने विन्दुसम्म ल्याउने कार्यमा महत्त्वपूर्ण योगदान दिनेलाई धन्यवाद ज्ञापन गर्दै अस्पतालले सर्वसाधारणलाई समेत स्वास्थ्य सेवा उपलब्ध गराउने जानकारी दिएका छन् । सो अस्पतालले प्रदेशअन्तर्गत विभिन्न जिल्लाका प्रहरी कर्मचारीहरू स्वास्थ्य उपचार कै लागि काठमाडौं उपत्यका नै पुग्नुपर्ने वाध्यात्मक परिस्थितिको अन्त्य गर्दै सरल, सहज र गुणस्तरीय स्वास्थ्य सेवाको उपलब्धता सुनिश्चित गरिदिएको र यसले समग्र प्रहरी काम कारबाहीमा थप चुस्तता र प्रभावकारिता ल्याउन मद्दत पुग्ने विश्वास सिंहले विश्वास व्यक्त गरेका छन् ।

सो क्रममा अस्पतालमा आउने सेवाग्राहीप्रति सभ्य बोली, असल व्यवहार र उचित परामर्श गर्नतर्फ अस्पताल परिवारलाई विशेष सजकता अपनाउन निर्देशनसमेत प्रहरी महानिरीक्षक सिंहले  दिएका छन् ।

Leave a Reply

ताजा समाचार