अब बन्ने सरकारले विद्यार्थी संगठन खारेज गर्ने निर्णय आगोको गोलामा हात हाले सरह हुनेछ : नेविसंघ | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८२, शनिबार

अब बन्ने सरकारले विद्यार्थी संगठन खारेज गर्ने निर्णय आगोको गोलामा हात हाले सरह हुनेछ : नेविसंघ

काठमाडाैं । नेपाली काँग्रेसमा आवद्ध नेपाल विद्यार्थी संघ (नेविसंघ) ले विद्यार्थी संगठनहरु खारेज गर्ने काम नगर्न अब बन्ने सरकारलाई चेतावनी दिएको छ । काठमाडौंमा आयोजित संघको सिनेट बैठकमा बोल्दै अध्यक्ष दुजाङ शेर्पाले सो चेतावनी दिनु भएको हो ।

विद्यार्थी संगठनहरु खारेज गर्ने भनेर कहीँकतै मिडिया ट्रायल गर्ने काम भईरहेको भन्दै उहाँले त्यस्तो गलत काम अब बन्ने नयाँ सरकारले गरे त्यो आगोको गोलामा हात हाले सरह हुने समेत बताउनुभयो । अध्यक्ष शेर्पाले विद्यार्थी संगठनकै आन्दोलनका कारण नेपालमा बालेन्द्र साहहरुले ¥याप गाउन पाउने अधिकार प्राप्त भएकाले पनि त्यस्ता संगठनहरु खारेज गर्ने काम सह्य नहुने बताउनुभयो ।

अध्यक्ष शेर्पाले काँग्रेस भित्रको गुटगत स्वार्थका कारण प्रतिनिधिसभा निर्वाचनमा पराजय व्यहोर्नु परेको जिकिर समेत गर्नुभयो ।

Leave a Reply