काठमाडाैं । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भर्ना गरिएका निर्वाचन प्रहरीको कार्यावधि समाप्त भएसँगै बिदाई गरिएको छ । फागुन २१ मा सम्पन्न निर्वाचन गराउनको लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले देशभर भर्ना गरेका निर्वाचन प्रहरीको बिहीवार बिदाई गरिएको हो ।
उनीहरुलाई ४० दिनका लागि भर्ना गरिएकोमा निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न हुनुका साथै मतगणना समेत सम्पन्न भइसकेको छ । निर्वाचन प्रहरी अर्जुन खत्रीले शान्तीपूर्ण रुपमा निर्वाचन सम्पन्न गर्न सफल भएकाेमा खुशी व्यक्त गर्नुभयो । उहाँले अब बन्ने सरकारले निर्वाचन प्रहरीको लागि उचित रोजगारको व्यवस्था गर्नुपर्ने माग समेत गर्नुभयो ।
निर्वाचन प्रहरी रविना अधिकारीले छोटो अवधीका लागि भएपनि देशको सेवा गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो । जेन–जी आन्दोलनमा जगमा भएको निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्ने चुनौतीको सामना गर्दै सफलतापूर्वक निर्वाचन सफल हुनु नै महत्वपूर्ण कुरा भएको उहाँको भनाइ छ । अब बन्ने सरकारले युवाहरुको मागबमोजिम रोजगारीको अवसर दिनुपर्नेमा उहाँको जोड छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनको लागि देशभर कुलकुल एक लाख ३९ हजार बढी निर्वाचन प्रहरी परिचालन भएका थिए ।





