काठमाडाैं । प्रतिनिधि सभा निर्वाचन २०८२ मा आक्रामक ढंगले प्रत्यक्षतर्फ जित हासिल गरेको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा पनि ४१ लाख मत कटाएको छ ।
पछिल्लो तथ्यांक अनुसार ८५ लाख २५ हजार मतगणना हुँदा रास्वपाले ४८ प्रतिशत मत प्राप्त गरेको छ । रास्वपाले ४१ लाख २५ हजार ४६९ मत प्राप्त गर्दै अग्रता कायम गरेको छ ।
नेपाली कांग्रेसले १३ लाख ८२ हजार ६६८ मत प्राप्त गरेको छ । नेकपा एमाले ११ लाख ६५ हजार ५५८ मतका साथ तेस्रो स्थानमा छ,। नेपाली कम्युनिस्ट पार्टी ६ लाख ७४ हजार ९२ समानुपातिक मत पाएको छ । श्रम संस्कृति पार्टीले २ लाख ९७ हजार ६१७ र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले २ लाख ८० हजार ४८३ सय मत प्राप्त गरेको छ ।
अहिले समानुपातिक मतकाे गणना भइरहेकाे छ ।





