च्याम्पियन्स लिग : सिटीद्वारा बासेल ४–० ले पराजित | ईमाउण्टेन समाचार

Our Network

मंसिर १७ २०८१, सोमबार

च्याम्पियन्स लिग : सिटीद्वारा बासेल ४–० ले पराजित

एजेन्सी, २ फागुन । च्याम्पियन्स लिग फुटबल अन्तर्गत प्रि–क्वार्टरफाइनलको पहिलो लिगमा इंग्लिस प्रिमियर लिग लिडर म्यान्चेष्टर सिटी विजयी भएको छ । मंगलबार राति बासेलमा भएको खेलमा म्यान्चेष्टर सिटीले बासेललाई ४–० ले हराउँदै क्वाटरफाइनलको यात्रा सहज बनायो ।

सिटीको जितमा इल्के गुुन्डोगानले २ गोल गरे । १४ औं मिनेटमा केभिन डिब्रुुयनको पासमा गुन्डोगानले गोल गर्दै सिटीलाई अग्रता दिलाए । त्यसको ४ मिनेटपछि बर्नाडो सिल्भाले सिटीको खातामा गोल थपे । २३औं मिनेटमा सर्जियो एग्युरोले गोल गरेपछि सिटीले पहिलो हाफ अघि ३–० को अग्रता बनायो ।

५३ औं मिनेटमा गुुन्डोगानले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ४–० को अग्रता दिलाए । बाँकी समयमा थप गोल नहुँदा सिटीले ४–० को जितका साथ अन्तिम आठको बाटो सहज बनायो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);