काठमाडाैं ७ र १० मा रास्वपाकाे अग्रता, कांग्रेस र एमाले पछ्याउँदै | ईमाउण्टेन समाचार

Our Network

फागुन २१ २०८२, शुक्रबार

काठमाडाैं ७ र १० मा रास्वपाकाे अग्रता, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौं। काठमाडौँ निर्वाचन क्षेत्र नं ७ र १० मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुरुआती अग्रता लिएको छ । पार्टीका उम्मेदवार गणेश पराजुलीले चार हजार ६७७ मतसहित अग्रता लिनुभएको हो ।

निर्वाचन अधिकृत सविता शर्माका अनुसार नेकपा (एमाले)का प्रकाश श्रेष्ठले ९०४ मत र नेपाली कांग्रेसका प्रमोदहरि गुरागाईले ७२० मत प्राप्त गर्नुभएको छ ।

यसैगरी, काठमाडौँ–१० मा सोही पार्टीका प्रदीप विष्टले पाँच हजार ७६५ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत अमृता कुमारी शर्माले बताउनुभयो ।

यसैगरी, नेपाली कांग्रेसका हिमाल कार्कीले एक हजार ७८ मत प्राप्त गर्नुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका बलराम थापाले ९५३ मत प्राप्त गर्नुभएको छ ।

Leave a Reply