गरिबी हटाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा | ईमाउण्टेन समाचार

Our Network

पुष १९ २०८१, शुक्रबार

१९ साउन, काठमाण्डौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले दिगो आर्थिक विकासलाई उच्च प्राथमिकता दिएको दाबी गर्नुभएको छ ।

बिहिवारदेखि काठमाण्डौँ शुरु भएको जिम्मेवार व्यवसाय सम्मेलनमा प्रधानमन्त्री देउवाले सामाजिक न्यायसहितको दिगो आर्थिक विकासमा केन्द्रित हुन व्यवसायीहरुलाई आग्रह समेत गर्नुभयो ।

सामाजिक न्यायसहितको आर्थिक विकास गरी मुलुकमा गरिवी हटाउन सरकार प्रतिबद्ध रहेको उहाँको भनाइ थियो । प्रधानमन्त्री देउवाले आर्थिक विकासका लागि सरकारले बैदेशिक लगानीलाई प्रोत्साहन गर्ने नीति लिएको स्पष्ट पार्नुभयो ।

उहाँले मुलुकमा दिगो आर्थिक विकास गर्न नीजि क्षेत्र जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो । दुई दिनसम्म चल्ने सम्मेलनमा सामाजिक उतरदायित्व र व्यवसायीक आचरणको विविध विषयमा छलफल हुने जनाइएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);