काठामडाैं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रकाशकुमार श्रेष्ठले १६ औँ योजनालाई प्रभावकारी बनाउन कार्यान्वयन कार्ययोजना ल्याउन लागिएको बताउनुभएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा १६ औँं योजनापत्रमा राखिएका लक्ष्यहरु केही महत्वकांक्षी भएपनि पूरा गर्न सकिने स्थिति रहेको बताउँदै कार्ययोजना बनाएर कार्यान्वयनमा लैजाने तयारी भएको जानकारी दिनुभयो ।
उहाँले १६ औँं योजनामा अहिले पर्यटकको १३ दिन बसाइ रहेकोमा त्यसलाई १५ दिन बनाउने, अहिले एउटा पर्यटकले गर्ने दैनिक खर्च ४० डलरलाई त्यसलाई दोब्बरले वृद्धि गरी ८५ डलर बनाउने, पर्यटन क्षेत्रको जीडीपीमा योगदान २ बाट ७ प्रतिशत बनाउने रहेको बताउनुभयो । यी हासिल गर्न सरोकारवाला सबैको सहयोग मिल्नुपर्ने बताउँदै यी लक्ष्यहरु पूरा गर्न कार्ययोजना ल्याउन लागिएको बताउनुभयो ।
१६ औँं योजनाका लक्ष्यहरु पूरा गर्न ल्याउन लागिएको कार्ययोजनाले आगामी दिनमा मन्त्रालयहरुलाई काम गर्न सघाउ पुग्ने उहाँको विश्वास रहेको छ ।





