पपुलिजमले राष्ट्र निर्माण गर्दैन, हामी भिजन र योजनासहित आएका छौँ : सचिन तिमल्सिना | ईमाउण्टेन समाचार

Our Network

फागुन ५ २०८२, बुधवार

पपुलिजमले राष्ट्र निर्माण गर्दैन, हामी भिजन र योजनासहित आएका छौँ : सचिन तिमल्सिना

काठमाडाैं । नेपाली काँग्रेसका तर्फबाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ का उम्मेदवार सचिन तिमल्सिनाले सस्तो लोकप्रियता (पपुलिजम) ले देश नबन्ने दाबी गर्नुभएको छ । काठमाडौंमा आयोजित एक चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आफूहरु स्पष्ट वैचारिक र आर्थिक योजनासहित चुनावी मैदानमा उत्रिएको बताउनुभएको हो ।

तिमल्सिनाले नेपाली काँग्रेसले युवाहरुलाई अवसर दिएको र आफू केवल ‘शक्ति’ प्राप्तिका लागि मात्र नभई ‘सेयर्ड एस्पायरड फ्युचर’ (साझा भविष्यको सपना) निर्माणका लागि आएको स्पष्ट पार्नुभयो । तिमल्सिनाले गगन थापा र विश्वप्रकाश शर्मा जस्ता नेताहरुको विचार र काँग्रेसको लेगेसीले आफूलाई यो आँट दिएको बताउनुभयो । बौद्धिक समुदायलाई मौन नबस्न आग्रह गर्दै उहाँले अहिले सोसल मिडियामा गाली आउँछ भनेर नेतृत्वहरु डराउनु नहुने बताउनुभयो ।

काठमाडौं क्षेत्र नं. ४ ले विगतमा देशकै अब्बल नीति निर्माता दिएको चर्चा गर्दै उहाँले अब आफू दुई नम्बरको अब्बल सांसद बनेर देखाउने बताउनुभयो ।

Leave a Reply