कार्यसूचीकाे अभावमा राष्ट्रिय सभाकाे हिउँदे अधिवेशन अन्त्यकाे तयारी | ईमाउण्टेन समाचार

Our Network

माघ २६ २०८२, सोमबार

कार्यसूचीकाे अभावमा राष्ट्रिय सभाकाे हिउँदे अधिवेशन अन्त्यकाे तयारी

काठमाडौ। राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य हुन लागेको छ । निरन्तरता दिन पर्याप्त कार्यसूची नरहेको र प्रतिनिधि सभा सदस्यको निर्वाचनसमेतलाई ध्यानमा राखेर अधिवेशन अन्त्य हुन लागेको हो ।

सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले सरकारसँग अधिवेशन अन्त्य गर्ने विषयमा अनौपचारिक रूपले संवाद भएको पुष्टि गर्नुभयो । उहाँले भन्नुभयो, “मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपतिले अधिवेशन अन्त्य गर्ने हो । सोअघि सरकारले संसद् सचिवालयसँग कार्यसूचीलगायतबारे परामर्श गर्ने हो । सरकार र सचिवालयबिच संवाद भएको हो ।”

सङ्घीय संसद् सचिवालयले माघ पहिलो साता तय गरेको माघ महिनाको कार्यसूची यसै साता परिमार्जन गर्यो । परिमार्जित कार्यतालिकामा बिदाइ हुने राष्ट्रिय सभाका सदस्यको बिदाइ अनुभूति राख्ने कार्यक्रम समावेश गरिएको छ । कार्यतालिका अनुसार माघ २६ गतेको बैठकमा सदस्यले बिदाइ अनुभूति राख्नुहुने छ । २०७६ फागुनमा निर्वाचित राष्ट्रिय सभाका एक तिहाइ सदस्यको कार्यकाल फागुन २० गते सकिँदै छ । प्रवक्ता गिरीले भन्नुभयो, “कार्यतालिकामा २६ गते नै बिदाइ अनुभूति राख्ने तय भए पनि २८ गतेको बैठकमा समेत सो विषयले निरन्तरता पाउन सक्ने छ ।”

परिमार्जित कार्यतालिकामा फागुन १ गते समेत बैठक राखिएको जानकारी गराइएको छ । सामान्यतया संसद् सचिवालयले पाक्षिक रूपमा कार्यतालिका प्रकाशन गर्दै आएको छ । तालिका अनुसार माघ २६ गतेको बैठकमा पर्यटन विधेयकसम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस हुने छ ।

Leave a Reply