काठमाडाैं । नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले आमजनताले खोजेजस्तो आफ्नो पार्टीमा परिवर्तन आएको दाबी गर्नु भएको छ । काठमाडौंको क्षेत्र नम्बर ५ मा आयोजित चुनावी सभामा बोल्दै उहाँले सो दाबी गर्नुभएको हो ।
नेपाली काँग्रेसका क्षेत्र नम्बर ५ का उम्मेदवार समेत रहनुभएका महामन्त्री पौडेलले देशलाई रुपान्तरण गर्ने गरी काँग्रेसको नीति र नेतृत्व परिवर्तन भएको उल्लेख गर्दै देशको रुपान्तरण गर्नका लागि आफ्नो पार्टीलाई मतदान गर्न पनि आम मतदातालाई अपिल गर्नुभयो । उहाँले पार्टीका नेता, कार्यकर्ताहरुलाई पनि देशको रुपान्तरणका लागि काँग्रेसको पक्षमा मतदान गराउनका लागि केन्द्रित भएर लाग्न सचेत गराउनुभयो । महामन्त्री पौडेलले आम जनताले मत दिएर नेपाली काँग्रेसलाई देश रुपान्तरणका लागि बल प्रदान गर्नुपर्ने बताउनुभयो ।
महामन्त्री पौडेलले नेपाली काँग्रेसमा परिपक्व तर युवा पुस्ता नेतृत्वमा आएकाले देशको परिवर्तन सम्भव हुने जिकिर समेत गर्नुभयो ।





