काठमाडाैं उपत्यकाका अधिकांश क्षेत्रमा एमालेकाे जित सुनिश्चित : सचिव भट्टराई | ईमाउण्टेन समाचार

Our Network

माघ २६ २०८२, सोमबार

काठमाडाैं उपत्यकाका अधिकांश क्षेत्रमा एमालेकाे जित सुनिश्चित : सचिव भट्टराई

काठमाडाैं । नेकपा एमालेका सचिव डा. राजन भट्टराईले नितिगत रूपमा एमाले अझैपनि संसद पुनःस्थापनाको पक्षमा रहेको बताउनुभएको छ । प्रेस चौतारी नेपालले आयोजना गरेको संवाद कार्यक्रममा उहाँले एमाले संसद पुनःस्थापनाको पक्षमा रहेको बताउनुभएको हो ।

संसद पुनःस्थापना भएमा मुलुकले कम जोखिममा संविधान र लोकतन्त्रलाई सहज मार्गमा फर्काउन सक्ने बताउनुभयो । भट्टराईले एमाले संसद पुनःस्थापनाको पक्षमा भएपनि निर्वाचनबाट नभाग्ने पनि बताउनुभयो । जनतासामु गएर आफ्ना नीति, कार्यक्रम तथा विगतका योगदानका आधारमा पार्टीलाई जनताबाट अनुमोदन गराउन एमाले तयार रहेको उहाँको भनाई छ । उहाँले आगामी निर्वाचनलाई विवेकपूर्ण र संयमित ढंगले लिनुपर्नेमा जोड दिनुभयो ।

उहाँले आगामी निर्वाचनबाट पनि दीर्घकालीन रूपमा देशलाई स्वतन्त्र र सन्तुलित ढंगले अगाडि लैजानसक्ने नेतृत्व स्थापित हुनुपर्ने बताउनुभयो । गलत निर्णयले भविष्यमा सच्याउनै नसकिने अवस्था सिर्जना हुनसक्ने उहाँको भनाई छ ।

उहाँले आगामी निर्वाचनमा एमालेले काठमाडौं उपत्यकामा उल्लेखनीय सफलता हासिल गर्ने दाबी समेत गर्नुभयो । उहाँका अनुसार उपत्यकाभित्रका १५ निर्वाचन क्षेत्रमध्ये अधिकांश सिटमा एमालेका उम्मेदवार विजयी हुने विश्वास पार्टीले लिएको छ ।

Leave a Reply