संसद पुनःस्थापनाको विषयमा सर्वोच्च भाग्न पाउँदैन : नेता बस्नेत | ईमाउण्टेन समाचार

Our Network

माघ २६ २०८२, सोमबार

संसद पुनःस्थापनाको विषयमा सर्वोच्च भाग्न पाउँदैन : नेता बस्नेत

काठमाडाैं । नेकपा एमालेका सचिव महेश बस्नेतले संसद पुनःस्थापनाको विषयमा सर्वोच्च अदालतले जिम्मेवारीबाट पन्छिन नपाउने बताउनुभएको छ । प्रेस चौतारी नेपालले आयोजना गरेको संवाद कार्यक्रममा उहाँले संसद विघटनसम्बन्धी मुद्दामा सर्वोच्चले आफ्नो फैसला तत्काल दिनुपर्ने बताउनुभएको हो ।

उहाँले अदालत डराएर न्यायिक प्रक्रियामा ढिलाई भईरहेको उल्लेख गर्नुभयो । बस्नेतले न्यायिक प्रक्रिया कसैको डर, दबाब, लोभ–प्रलोभन तथा हस्तक्षेपमा पर्न नहुने बताउनुभयो । महाभियोगको डर, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दबाबका कारण न्यायाधीशहरू निर्णयबाट पन्छिएको अवस्था देखिएको उहाँको दाबी छ ।

उहाँले प्रधानन्यायाधीश लगायत न्यायाधीशहरू रोग लागेको बहानामा अनुपस्थित हुने, फोन अफ गर्ने र निर्णयबाट पन्छिने प्रवृत्ति देखिएको बताउनु भयो । यसवाट देश ठूलो वैदेशिक आक्रमणको अवस्थामा रहेको अनुभुति भएको उहाँको भनाई छ । उहाँले सर्वोच्च, उच्च र जिल्ला अदालतसँगै समग्र न्यायिक प्रणाली नै जलिरहेको अनुभुति भएको बताउनुभयो । बस्नेतका अनुसार संसद पुनस्र्थापनाको विषयमा सर्वोच्च अदालतले स्पष्ट निर्णय गर्न ढिलाइ गर्दा मुलुक अन्योलमा परेको छ ।

उहाँले वर्तमान सरकारले निर्वाचन स्वच्छ ढंगले गर्न नसक्ने पनि आरोप लगाउनुभयो । उहाँले कुनै अमुक दललाई जिताउनको लागी सरकार दुई चरणमा निर्वाचन गर्ने लगायतका गतिविधि गर्न लागेको आरोप लगाउनुभयो । उहाँले झापा क्षेत्र नम्बर ५ मा प्रहरीले नै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वारलाई भोट मागिरहेको बताउनुभयो ।

Leave a Reply