काठमाडाैं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरी धुलो टकटक्याउँदै पुनः नागरिकको सेवामा समर्पित रहेको बताउनुभएको छ । नेपाल प्रहरीले अनेकौ उत्तारचढाव, जलन र दलनका बाबजुत हिम्मतका साथ दह्रो भई नागरिकको सेवामा अनवरत समर्पित रहेको उहाँको भनाई थियो ।
प्रहरी निरीक्षकहरुको दीक्षान्त समारोहमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । प्रहरी महानिरीक्षक कार्कीले जनअपेक्षा र दायित्वको गहिर्याई समेतलाई ध्यानमा राखेर काम गर्न पनि प्रहरीहरुलाई निर्देशन दिनुभयो । उहाँले युवा शक्तिको चाहना र समयको मागअनुसार आफ्नो गतिविधिलाई अघि बढाउन पनि प्रहरीहरुलाई सचेत गरउनु भयो ।
महानिरीक्षक कार्कीले अपराधको क्षेत्रमा भएको वृद्धि र विस्तारलाई नियन्त्रण हुनेगरी अघि बढ्न पनि नेपाल प्रहरीले चनाखो भएर काम गर्नुपर्ने अवस्था रहेको बताउनुभयो । त्यस अवसरमा उहाँले प्रहरीका लागि आवश्यक सामग्रीहरुको बन्दोबस्तीमा आफू लागिपर्ने समेत बताउनुभयो ।





