युवा पुस्ताको आवाज सबैभन्दा बढी काँग्रेसले आत्मसात गरेको महामन्त्री पाैडेलकाे दाबी | ईमाउण्टेन समाचार

Our Network

माघ १९ २०८२, सोमबार

युवा पुस्ताको आवाज सबैभन्दा बढी काँग्रेसले आत्मसात गरेको महामन्त्री पाैडेलकाे दाबी

काठमाडाैं । नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले युवा पुस्ताको आवाज सबैभन्दा बढी काँग्रेसले आत्मसात गरेको दाबी गर्नुभएको छ ।  काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ का मतदाताहरुसमक्षको भेटघाट कार्यक्रमाा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले गत भदौ २३ र २४ गतेको आन्दोलनमा अराजकता मात्रै भएको दाबी आफूहरुले नगरेको भन्दै युवा पुस्ताको आन्दोलनलाई आफूहरुले आत्मसात गरेको जिकिर गर्नुभयो । महामन्त्री पौडेलले सुशासन सबै नेपाली जनताले चाहेको भन्दै नागरिक स्वतन्त्रता उपयोग गर्ने कुरामा कतै बन्देज हुनु नहुने बताउनुभयो ।

भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको मुद्दा सबैभन्दा बढी नेपाली काँग्रेसले आत्मसात गरेको उहाँको दाबी छ । आफूले गत निर्वाचनमा बोलेका सबै कुरा गर्न नसके पनि कुनै नराम्रो काम नगरेको बताउनुभयो । सरकारमा रहेर आफूले समस्या र समाधानका उपायहरु केलाएको बताउनुभयो ।

महामन्त्री पौडेलले यसअघि जिताउँदा बेलाको जस्तै आफू अहिले पनि त्यस्तै रहेको बताउनुभयो । आफूप्रतिको विश्वास आगमी निर्वाचनमा पनि गरिदिन आग्रह गर्नुभयो । उहाँले नयाँ पन खोजिएको अवस्थामा नयाँ फेरिने मात्रै नभइ परिणाम सकारात्मक खोजिएको बताउनुभयो ।

Leave a Reply