एमालेले फागुन पहिलो साता निर्वाचनको घोषणा पत्र सार्वजनिक गर्छ : शंकर पोखरेल | ईमाउण्टेन समाचार

Our Network

माघ १८ २०८२, आइतबार

एमालेले फागुन पहिलो साता निर्वाचनको घोषणा पत्र सार्वजनिक गर्छ : शंकर पोखरेल

काठमाडाैं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीको निर्वाचन घोषणा पत्र फागुनको पहिलो साता सार्वजनिक हुने बताउनुभएको छ ।  प्रेस चौतारी नेपालले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।

महासचिव पोखरेलले निर्वाचन आयोगको कार्यतालिकाका कारण निर्वाचनको घोषणा पत्र जारी हुने काममा ढिलाई हुन गएको पनि स्पष्ट पार्नुभयो । महासचिव पोखरेलले निर्वाचन आयोगले निर्वाचन कार्यतालिकामा घोषणा पत्र सार्वजनिक गर्ने कुरा पछि राखेकाले निर्वाचन आचारसंहिता लाग्छ भनेर राजनीतिक दलहरुले त्यसलाई घोषणा गर्ने कामलाई पनि पछि पार्नु परेको बताउनुभयो । निर्वाचन आयोगको कार्यतालिका शुरु हुने बित्तिकै एमालेले पनि निर्वाचन घोषणा पत्र सार्वजनिक गर्ने महासचिव पोखरेलको भनाई थियो ।

महासचिव पोखरेलले निर्वाचन घोषणा पत्र जारी हुने बित्तिकै पार्टीका उम्मेदवारहरुले सो घोषणा पत्र जनताको माझमा पुर्याउने पनि बताउनु भयो । उहाँले निर्वाचन घोषणा पत्र तयारीका लागि आफ्नो पार्टीले विज्ञहरुसँग परामर्श गरिसकेको पनि स्मरण गराउनुभयो ।

Leave a Reply