रास्वपासँगको एकता भंगबारे कुलमान भन्छन्– पार्टी १२ दिन ‘कोमा’मा गयो तर तन्दुरुस्त भएर निस्कियौँ | ईमाउण्टेन समाचार

Our Network

जेठ २१ २०८३, शुक्रबार

रास्वपासँगको एकता भंगबारे कुलमान भन्छन्– पार्टी १२ दिन ‘कोमा’मा गयो तर तन्दुरुस्त भएर निस्कियौँ

काठमाडौं । 

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पार्टीको नाम र चुनाव चिन्ह कुनैपनि दलसँग विलय हुन नदिइने बताउनुभएको छ । मंगलवार काठमाडौंमा आयोजित उज्यालो नेपाल काठमाडौं–रामेछाप मञ्च गठन कार्यक्रममा बोल्दै अध्यक्ष घिसिङले यस्तो बताउनुभएको हो । उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता सम्झौतालाई एक नराम्रो दुर्घटनाको रुपमा स्मरण गर्दै अहिले पार्टी सुदृढ अवस्थामा पुगेको पनि बताउनु भयो । रास्वपासँगको एकताको १२ दिनको समय पार्टी ‘कोमा’ मा पुगेको टिप्पणी गर्दै उहाँले अहिले तन्द्रुस्त भएर निस्किएको बताउनु भयो ।

उहाँले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टीबाट उम्मेदवार भएका १२१ जना उम्मेदवारलाई जिताउन समेत अपिल गर्नुभयो । उहाँले निर्वाचनका समयमा कसरी कम खर्च गर्ने भन्ने विषयमा सचेत हुनुपर्नेमा नयाँ भनिएका दलहरु तडकभडकमा लाग्नु दुःखद् भएको बताउनु भयो । उहाँले आफू विद्युत प्राधिकरणको कार्यकारी प्रमुख हुँदा प्राप्त उपलब्धीबारे व्याख्या गर्दै मुलुकको समग्र विकासका लागि उज्यालो नेपाल पार्टीको विकल्प नभएको जिकिर पनि गर्नुभयो ।

Leave a Reply