जसपाका नेता अग्रवाल एमालेमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

माघ १९ २०८२, सोमबार

जसपाका नेता अग्रवाल एमालेमा प्रवेश

काठमाडाैं । जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय सदस्य दीपेन्द्र अग्रवाल नेकपा (एमाले)मा प्रवेश गर्नुभएको छ । शनिवार एमाले मुख्यालय च्यासलमा आयोजित एक कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अग्रवाललाई खादा र टिका लगाएर पार्टीमा प्रवेश गराउनुभएको हो ।

त्यस अवसरमा विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता पनि एमाले प्रवेश गरेका थिए । नवप्रवेशीहरुलाई अध्यक्ष ओलीले स्वागत गर्नुभएको थियो ।

Leave a Reply